१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ताप्लेजुङमा चट्याङ लागेर ६० वर्षीय वृद्धको मृत्यु


104
Shares

काठमाडाैं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा शुक्रबार राति चट्याङ लागेर एक जना वृद्धको मृत्यु भएको छ ।

शुक्रबार राति सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हाे । शुक्रबार राति करिब ८ बजे घरैमा बसिरहेको अवस्थामा कडरीयलाई चट्याङ लागेको थियो ।

चट्याङका कारण अन्य क्षति भने भएको छैन । घटनास्थलमा ईलाका प्रहरी कार्यालय तेल्लोकबाट राति नै प्रहरीको टोली पुगेको छ । मृतकको शव पोष्टमार्टमका लागि शनिबार जिल्ला अस्पताल ल्याईने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीले बताउनुभयाे ।

केही दिन अघि मात्रै चट्याङ लागेर जिल्लाको मैवाखोला गाउँपालिकामा समेत एक बालकको मृत्यु भएकाे थियाे ।