१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशको नेतृत्वमा धनवादीको प्रवेश भयो : डा. लोहनी


377
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरूको प्रवेश भएको बताउनुभएको छ ।

शनिबार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुग्नुभएका पूर्वअध्यक्ष लोहनीले नेताहरू सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रीत हुने गरेको बताउनुभएको हो । उहाँले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौं खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाउनुभयो ।

डा. लोहनीले वर्तमान नेताहरुलाई छोटे राजाको संज्ञा दिँदै सरकार र नेतृत्वले मनोमानी गरिरहेको आरोप लगाउनुभयो । उहाँले नेताहरूलाई करोडौं रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ ? भन्दै प्रश्न गर्नुभयो ।

डा. लोहनीले वर्तमान राज्यसत्ता थोरै मानिसको हितको लागि मात्रै केन्द्रीत भएको बताउनुभयो । उहाँले सरकारले नेपालको विकासमा लागेका व्यक्तिलाई निरुत्साहित गरिरहेको आरोप लगाउनुभयो ।

डा. लोहनीले अयोग्य लडाकुलाई अर्बौं रुपैयाँ छुट्याउनसक्ने सरकारले आविष्कार प्रवर्द्धनका लागि बजेट छुट्याउन सक्दिन भन्नु नाटक भएको बताउनुभयो ।