
काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले सरकारले राहत स्वरुप दिन लागेका दुई लाख रुपैयाँको विरेध नगर्न सांसदहरुलाई चेतावनी दिएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनीहरुले सर्वोच्च अदालतको फैसला बमोजिम सरकारले रकम राहतको रुपमा दिन लागेको उल्लेख गर्दै त्यसको बिरोध नगर्न संघीय संसद र सांसदहरुलाई चेतावनी दिएको हो ।
संगठनले केपी ओली नेतृत्वको अघिल्लो सरकारले आफूहरुलाई २ लाख रुपैयाँ राहत स्वरुप दिने निर्णय गरेको उल्लेख गर्दै त्यसको विरोध गर्नुपर्ने कुनै कारण नरहेको दावी समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्