१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु


6.266k
Shares

काठमाडाैं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

अछामको मेल्लेख गाउँपालिका–६ स्थित सडकमा सोडसाबाट नुवाघरतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–१ बस्ने ३३ वर्षीय ध्रुव कुँवरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका–२ गेउरीयास्थित सडकमा टिपरले मोटरसाइकललाई गएराति नै ठक्कर दिँदा मोटरसाइकल चालक रंगेली नगरपालिका–८ बस्ने ३५ वर्षीय सुरेश दाहालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको न्यूरो अस्पताल विराटनगरमा उपचार क्रममा ज्यान गएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता काभ्रेको धुलिखेल नगरपालिका–९ पानीट्याङकीस्थित सडकमा यात्रु बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धुलिखेल नगरपालिका–११ बस्ने ३० वर्षीय विशेष तिवारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।