७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


हैदराबादले दिल्लीलाई हरायो


208
Shares

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

शनिबार दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबादले दिल्लीलाई ९ रनले हराएको हो ।

जितका लागि १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन मात्र बनायो ।

दिल्लीका लागि मिचेल मार्शले ६३, फिलिप साल्टले ५९, अक्षर पटेलले अविजित २९ तथा प्रियम गर्गले १२ रन बनाए ।

हैदरावादका लागि मयक मार्कन्डेले २ तथा भुवनेश्वर कुमार, टि नटराजन, अमिल हुसेन र अकिल हुसेनले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।

हैदराबादका लागि अभिषेक शर्माले ६७, हेनरिक क्लेसनले अविजित ५३, अब्दुल समादले २८ तथा अकिल होसेनले अविजित १६ रन बनाए ।

दिल्लीका लागि मिचेल मार्शले ४ तथा इशान्त शर्मा र अक्षर पटेलले समान १/१ विकेट लिए ।

जितसँगै हैदराबाद ६ अंकका साथ अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ । दिल्ली ४ अंकका साथ पुछारमा छ ।