
काठमाडौं । ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
शनिबार वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीया देवमाया बुढाथोकीको मृत्यु भएको प्रहरी जनाएको छ ।
उनलाई घरभित्रै बसिरहेको समयमा चट्याङ लागेको थियो ।
उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आइतबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्