१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रास्वपाकाे केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक भाेलि बस्ने


130
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।

साेमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्ने भएकाे हाे । त्यस्तै, साेमबार दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने पार्टीका एक नेताले बताए ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट गत शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक बस्न लागेकाे हाे । पछिल्लो राजनीतिक परिस्थितिकाे बारेमा पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक बस्न लागेकाे ति नेताले बताए ।

दुवै बैठककाे बारेमा रास्वपाले शनिबार जुम मिटिङ गरेर जानकारी गराएकाे थियो