२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


खराब मौसमका कारण हवाई उडान प्रभावित


65
Shares

काठमाडाैं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै हवाई उडान प्रभावित भएका छन् ।

आइतबार बिहानैदेखि भिजिबिलिटी कम भएको तथा पानी समेत परेकाले ४५ मिनेटसम्म उडान डिले भएको विमानस्थलले जनाएकाे हाे । काठमाडौंमा यति बेला बादल लाग्नुका साथै पानी परिरहेको छ ।

शनिबारबाट सुरू भएको वर्षा अझै केही दिनसम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा देशका अधिकांश भू-भागमा आइतबार वर्षा भइरहेको छ ।