७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


संखुवासभामा अरुण नदी थुनियो


4.433k
Shares

संखुवासभा । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाको पानीको बहाव जाने टनेल सुख्खा पहिरोले थुनिएको छ ।

निर्माणाधीन ९ सय मेघावाटको अरुण तेस्रो आयोजना स्थल ड्याम साईट निर्माणका लागि बनाईएको टनेल माथीबाट झरेको पहिरोले थुनिएको हो ।

संखुवासभाको मकालु गाउँपालिका–३ र ५ निर्माणाधिन अरुण–३ जलविधुत आयोजनाको डाभन्र्सन टनेलबाट बाहिर पानी निस्कने ठाउँमा आइतबार बिहान पहिरो खस्दा अरुण नदी थुनिएको प्रहरी नायव उपरिक्षक विरेन्द्र गोदारले बताउनुभयो । अहिले टनेलबाट करिब २० प्रतिशमात्र पानी बाहिर निस्किएको छ ।

आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाभन्र्सन टनेल मार्फत नदी बग्दै आएको थियो । अरुण नदीलाई बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डार्भन्सन टनेल पहिरोले बन्द भएपछि १८ मिटर अग्लो बाँधमा पानी जम्मा भएको छ । टनेल बन्द भएपछि बाँधका कारण करिब ३ किलो मिटर भन्दा लामो ताल बन्नेको आयोजनाले जनाएको छ ।

अहिले बाँध भरिएर पानी बाहिर निस्कन लागेको छ । पक्की बाँध भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतारा हुने बताइएको छ । अहिले पनि पहिरो खस्ने क्रम रहेको र थुनिएको टनेलबाट पहिरो पन्छाएर पानी निकाल्ने प्रयास भई रहेको आयोजनाले जनाएको छ ।

पहिरोले उत्तर दक्षिण कोशी सडक समेत जोखिमा परेको र नदि किनारमा रहेका स्थानिय वासीन्दालाई अरुण नदी किनारमा नजान र सतर्कता अपनाउन खादवारी नगरपाललिकाका नगर प्रमुख महेश थपलियाले सवैमा आह्वान गरेका छन् ।