१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक छ : पौड्याल


91
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभएको छ ।

आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विदेश जाने क्रम रोक्नका लागि सबैभन्दा पहिला नेपालको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । उहाँले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरु समाज, नयाँ ठाउँका लागि र गुणस्तरीय शिक्षाका लागि नै जाने गरेको उल्लेख गर्दै सरकारले सार्वजनिक शिक्षालाई विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो ।

सदस्य पौड्यालले गुणस्तरीय शिक्षा सहज तरिकाले पाउने व्यवस्थाको ग्यारेन्टी सरकारले लिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुल रोजेको विषय पढ्नपाउने व्यवस्था हुन जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य पौड्यालले नेपालमा कोही पनि विद्यार्थीले रोजेको विषय र सहज शिक्षा पाउनुपर्ने अधिकारको प्रत्याभुति गराउनसक्ने काम सरकारले गर्नुपर्ने बताउनुभयो ।