
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुषालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौति गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले कृषि मन्त्रालयको बजेट कटौति नगर्न अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेपनि अर्थतन्त्र संकटमा रहेको भन्दै आवश्यक चासो नदिएको आरोप लगाउनुभयो ।
उहाँले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएपनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको बताउनुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि सिंचाईको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने बताउनुभयो ।
कृषिमन्त्री भुसालले बाँझो जमिनको प्रयोग गर्नसके उत्पादन बढाउन सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्