
बारा । बाराको जीतपुर–सिमरा उपमहानगरले जितपुर लगायत स्थानका सार्वजनिक जग्गामा अनाधिकृत रुपले बनाइएका व्यावसायिक संरचनाहरु भत्काउन थालेको छ ।
दशकौंदेखि राजनीतिक शक्तिको आडमा सार्वजनिक जग्गा हड्पेर व्यक्ति तथा संघ–संस्थाले बनाएका संरचना उपमहानगरले भत्काउन थालेको हो । उपमहानगरभित्रका प्रमुख बजारहरु जितपुर, सिमरा र डुमरबाना लगायतका स्थानमा बनाइएका अनाधिकृत संरचना हटाउन पटक-पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि डोजर लगाएर भत्काउन थालिएको हो ।
उपमहानगरपालिकाको सातौं नगरसभाले सार्वजनिक जग्गाको अतिक्रमण हटाउने निर्णय गरेको थियो । सार्वजनिक जग्गामा गौशाला, मसानघाट, सटर, गोदाम र पेट्रोल पम्प लगायतका संरचना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्