
काठमाडौं । चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन नसकिँदै अष्ट्रेलिया राइट्स विक्री भएको छ ।
अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको हो । फिल्मको राइट्स महंगोमा विक्री भएको निर्माण टिमले बताएको छ ।
हिमाल शर्माको प्रस्तुतिमा जय श्रेष्ठ निर्माता रहेको यस चलचित्रको २० प्रतिशत छायांकन हुन अझै बाँकी नै छ । साथै चलचित्रलाई अष्ट्रेलियामा नेपालकै मितिमा प्रदर्शन गरिने बताइएको छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको अभिनय रहेको छ ।
मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रको आगामी भदौको २९ गतेबाट विश्व बजारमा रिलिज गर्ने तयारी गरीएको छ ।
प्रतिक्रिया दिनुहोस्