१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कृषि क्षेत्रमा बजेट बढाउन सांसद कोइरालाको आग्रह


78
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले कृषि क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

सोमबार चितवनमा मौलाकाली केवलकार समुद्घाटन समारोहमा बोल्दै सांसद कोइरालाले कृषि क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

उहाँले देशको शक्ति हाइड्रो, पर्यटन र कृषि क्षेत्र रहेको उल्लेख गर्दै कृषि क्षेत्रमा बजेट बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले युवाहरु विदेश पलायन हुँदा खेतीयोग्य जमिन बाँझो बसेकाले देश मरुभूमिमा परिणत हुन लागेको बताउनुभयो ।

उहाँले बर्दघाट पूर्व सुस्तालाई नवलपुर जिल्ला भनेर नामाकरण गर्न पनि माग गर्नुभयो । त्यस्तै, सो क्षेत्रमा वन्यजन्तुले निम्त्याउने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।