
काठमाडौं । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल सुरू भएको छ ।
टियू क्रिकेट मैदानमा सोमबार वर्षाले पटक पटक बिथोलिएको खेल मंगलबार बिहान ९ बजेदेखि सुरू भएको हो ।
खेलमा युएईले २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण रोकिन पुगेको थियो ।
९ विकेटको क्षतिमा १०६ रनको अवस्थाबाटै मंगलबार युएईले आफ्नो बाँकी ब्याटिङ गरेको छ ।
मंगलबार पनि वर्षाले खेलको निर्णय आउन सकेन भने खेल सुपर ओभरमा पुग्नसक्छ । त्यहाँबाट पनि परिणाम सम्भव नभए आईसीसीको एक दिवसिय वरियतामा युएईभन्दा माथि रहेको कारण नेपाल विजेता बन्नेछ ।
प्रतिक्रिया दिनुहोस्