७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


लेस्टर सिटी र एभर्टनले अंक बाँडे


91
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र एभर्टनले अंक बाँडेका छन् ।

सोमबार राति भएको खेलमा लेस्टर र एभर्टनले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको १५ औं मिनेटमा डोमिनिक लेविनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई सुरूवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा काग्लर सोयुन्चुले गोल गर्दै लेस्टरलाई १–१ को बराबरीमा ल्याए । ३३ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए । त्यसपछि ५४ औं मिनेटमा एलेक्स इओबीले गोल गर्दै एभर्टनलाई २–२ को बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अंक जोडेर १६ औं स्थानमा छ । एभर्टन ३४ खेलबाट २९ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।