
फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनु भएको छ ।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रचण्डले उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई दिनुभएको हो ।
प्रचण्डले ट्वीटरमा भन्नुभएको छ , ‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
मंगलबार सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्