११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिन्छ: एमाले अध्यक्ष ओली


91
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताउनुभएको छ ।

मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनकाे बारेमा उल्लेख गर्दै उहाँले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको बताउनुभएकाे हाे ।

अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा रहेकाे समेत उहाँले बताउनुभयाे । उहाँले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराउनुभयो ।

अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने सम्पूरक बजेट ५० प्रतिशत कटौती गरेको पनि अध्यक्ष ओलीले बताउनुभयो ।