
काठमाडौं । बैतडीमा बालबालिकालाई विद्यालयमा भर्ना गराउँदा खोप कार्ड अनिवार्य गरिएको छ ।
५ वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको हाे । जिल्ला खोप समन्वय समितिको बैठकको निर्णय अनुसार शिक्षा विकास तथा समन्वय इकाईले प्रत्येक पालिकाका शिक्षा शाखालाई परिपत्र र पालिकाको शिक्षा शाखाले पालिकाभित्रका रहेका विद्यालयलाई पत्राचार गरेको जनाइएको छ ।
राष्ट्रिय खोप तालिका अनुसार बालबालिकालाई विभिन्न रोगविरुद्ध निःशुल्क १३ प्रकारका खोप दिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्