२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चेल्सीलाई हराउँदै आर्सनल शिर्षमै फर्कियो


312
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई हराएको छ ।

मंगलबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ ले हराएको हो ।

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन मार्टीन ओडेगार्डले दुई गोल गर्दा ग्याब्रियल जिससले एक गोल थपे । चेल्सीका लागि नोनि मादुकेले एक गोल फर्काए ।

खेलको १८ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनलाई १–० को सुरूवाती अग्रता दिलाए । ३१ औं मिनेटमा ओडेडार्डले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाए । ३४ औं मिनेटमा जेससले गोल गर्दै आर्सनललाई ३–० को अग्रता दिलाए । ६५ औं मिनेटमा नोनिले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएका थिए । त्यसपछि थप गोल हुन नसकेपछि आर्सनलले खेल ३–१ ले जित्यो ।

यो जितसँगै आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा फर्किएको छ । लिगमा ३४ खेलबाट आर्सनलको ७८ अंक छ । दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ७६ अंकसहित दोस्रो स्थानमा रहँदा ३३ खेलबाट ६५ अंक जोडेको न्युकासल युनाइटेड तेस्रो स्थानमा छ । ३३ खेलबाट ३९ अंक मात्रै जोडेको चेल्सी भने तालिकाको ११ औं स्थानमा रहेको छ ।