
काठमाडाैं । चितवनका नेपाली कांग्रेसका नेता शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
भरतपुर महानगरपालिका-३ बेलचोकस्थित मंगलबार आफ्नो अफिसको कोठाभित्र कँडेलझुण्डिएको अवस्थामा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे हाे । कँडेल झुण्डिएको कोठामा सुसाइड नोट समेत भेटिएको प्रहरीले बताएकाे हाे ।
कँडेल मंगलबार साँझतिर झुण्डिएको हुन सक्ने प्रहरीले बताएकाे छ । प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । कँडेल पोल्ट्री व्यवसायी समेत हुन् ।
कांग्रेस चितवनको यसअघिको कार्यकालमा कंडेल कोषाध्यक्ष समेत भएका थिए ।
प्रतिक्रिया दिनुहोस्