
फाइल तस्बीर
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले देशको अवस्थालाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धमार्गी नीति लिनुपर्ने बताउनुभएकाे छ ।
बुधबार त्रिभुवन विश्वविद्यालय बुद्ध दर्शन विभागले आयोजना गरेकाे कार्यक्रमलाई उहाँले यस्ताे बताउनुभएकाे हाे । देशका जल्दो-बल्दो समस्या सम्हाल्न प्रधानमन्त्री दाहालको अग्रसरताको खाचो भएकाे उहाँले बताउनुभयाे ।
देशमा देखिएका आर्थिक संकट, जनताको खबरदारी, शान्ति प्रक्रियाका तार्किक निष्कर्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय नजर र सबैलाई हेरेर मध्यमार्गी भएर जानुको विकल्प नभएकाे पनि उहाँले बताउनुभयाे ।
अर्थतन्त्रमा देखिएको संकट र शान्ति प्रक्रियाको टुंगो लगायतका विषयमा प्रधानमन्त्री दाहालको पहलकदमी आवश्यक रहेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्