
web pic
काठमाडौं । तनहुँमा ट्रक पल्टिएर घरमा ठोक्किंदा बुधबार ३ जनाको मृत्यु भएको छ ।
साेही दुर्घटनामा ५ जना घाइते भएका हुन् । बुधबार बिहान बन्दिपुर गाउँपालिका–५ आधिखोलास्थित पृथ्विराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भएर सडकको नजिकमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।
दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका–१ का १२ वर्षका आयुस भुजेल, ५० वर्षका चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्