
काठमाडौं । नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् ।
प्रहरीले बुधबार साँझ उनलाई बुटवलबाट पक्राउ गरेको हो ।
सन्दीपलाई बिहीबार काठमाडौं ल्याउने प्रहरीले जनाएको छ । उनीमाथि पनि नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोप लागेको छ ।
काठमाडौं जिल्ला अदालतले सन्दीपसहित उनका बुवा टोपबहादुर रायमाझी विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो । टोपबहादुर भने पक्राउ परेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्