१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकीका मुख्यमन्त्रीले आज विश्वाशको मत लिँदै


260
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार विश्वासको मत लिँदै हुनुहुन्छ ।

दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत लिनु हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा कांग्रेस संसदीय दलका नेता पाण्डे यही वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

नियुक्तिको भोलिपल्ट उहाँले २ जना बिनाविभागीय मन्त्री नियुक्त गर्नुभएको छ ।

६० सिट रहेको गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सिट आवश्यक पर्छ । गण्डकीमा कांग्रेसको २७ सिट, सत्तारुढ माओवादीको सभामुखबाहेक ७ र एकीकृत समाजवादीको एक सिट गरी ३५ सिट रहेकोले मुख्यमन्त्री पाण्डेले बुहमत जुटाउने निश्चित छ ।

यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुनुभएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गरिएको हो ।