
फाइल तस्बिर
काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्वमन्त्री रायमाझी भैरहवाबाट बिहीबार बिहान पक्राउ पर्नुभएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उहाँलाई बिहीबार नै काठमाडौं ल्याइने तयारी भएको छ ।
रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन् ।
रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । उहाँका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्