
काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा साताको अन्तिम दिन दोहोरो अंकको वृद्धि आयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से करिब १३ अंकले सकारात्मक रहेर १८ सय ६९ कायम भयो । कारोबार पछिल्ला दिनका तुलनामा सामान्य सुधारिएर पौने अर्ब नजिक पुग्यो । सबै समूहमा हरियाली छाउँदा निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च डेढ प्रतिशत बढीको वृद्धि आयो ।
वित्त र जलविद्युत समूहमा पनि १ प्रतिशत बढीको वृद्धिभयो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ७६ कम्पनीको २५ लाख बढी कित्ता शेयर ७३ करोड २७ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसदिन १ सय ६२ कम्पनीको मूल्य बढ्दा ५० को घट्यो । यसदिन एनआईबीएल ग्रोथ फण्ड र लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च ९ प्रतिशत बढी कमाए ।
प्रतिक्रिया दिनुहोस्