
काठमाडौं । बाराकाे बारागढी गाउँपालिकाले पालिकाभित्र रहेका कृषकहरुलाई कृषि सामाग्री वितरण गरेकाे छ ।
आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवाल र उपाध्यक्ष लक्षमि देवी रायले संयुक्त रुपमा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरेकाे गर्नुएकाे हाे ।
कृषकहरुलाई ५० प्रतिशत अनुदानमा विद्युतीय चाफ कटर मेशिन वितरण गरिएकाे गाउँपालिका अध्यक्ष जयसवालले बताउनुभयाे ।
७ वटा चाफ कटर मेशिन वितरण गरिएकाे पशु सेवा इकाइका प्रमुख लक्ष्मी नारायण चाैधरीले जानकारी दिनुभयाे । उहाँले चाफ कटर मेशिनले घाँस काट्नमा सहयाेग पुग्ने बताउनु भयाे ।
राधा कृष्ण पशुपालन फार्म बारागढी २, राजदेवी पशुपालन फार्म बारागढी १, राकेश पशुपालन फार्म बारागढी ४, लक्ष्मी पशुपालन फार्म बारागढी४, बागेश्वरी कृषक समूह बारागढी ३, बारागढी २ का कृषक रामवृक्ष चौधरी र बारागढी १ का कृषक भुपेन्द्र चौधरीलाई चाफ कटर मेशिन वितरण गरिएकाे गाउँपालिका अध्यक्ष जयसवालले जानकारी दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस्