९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्ने खेलकुदमन्त्री लिम्बुको प्रतिवद्धता


832
Shares

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउनुभएको छ ।

बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा आफ्नो प्राथमिकता रहने बताउनुभयो । उहाँले आम नागरिकहरुले देख्नेगरी काम गर्ने बताउनुभयो ।

उहाँले हरेक कुरालाई सकारात्मक ढंगबाट लिनपनि आग्रह गर्नुभयो । उहाँले मन्त्रालयमा रहेर आफू दिनको १८ घण्टा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

खेलकुदमन्त्री लिम्बूले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गर्नुभएको थियो ।