
काठमाडौं । इन्जिनियर शशिबहादुर थापाद्वारा लिखित फोहोर व्यवस्थापन र गरिबी निवारण नामक पुस्तकमा फोहोर ब्यवस्थापनका बारेमा विबिध बिषयहरु समेटिएको छ ।
बैशाख पहिलो हप्ता सार्वजनिक गरिएको पुस्तकमा लामो समयदेखि फोहोर व्यवस्थापनको समस्या निकै जटिल बन्दै गएको,नेपालमा फोहोर व्यवस्थापनको अवधारण विकास हुन नसकेको, र फोहोरको पहिचान हुन नसक्नु सबैभन्दा ठूलो समस्या रहेको लगायतका विषयहरु समेटिएका छन् ।
नेपालमा ७० प्रतिशत फोहोर खपत हुने फोहोरहरू रहेका छन् । जसमा फलामलाई हुलास कम्पनीले किन्ने गरेको र काँचका टुक्रा भारतको मिर्जापुर पठाउने गरेको थापाको भनाइ छ । उहाँका अनुसार हालै गरीएको सर्वेमा ५० हजार मानिसले फोहोर संकलन गर्ने गरेका छन् । जसमा ४० हजार भारतीय र १० हजार लेपाली रहेका छन् । आफ्नो क्षेत्रबाट निस्केको फोहोरको पहिचान त्यसको महत्व र व्यवस्थापन कसरी गर्ने भन्ने कुरा थापाको पुस्तकमा छ ।
सरकारी सेवामा रहेर फोहोर व्यवस्थापनका विषयमा गरेको विभिन्न अनुभवहरु पुस्तकमा समेटिएका थापाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्