
फाइल तस्विर
काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
झापामा वैशाख २९ देखि ३१ सम्म बस्ने केन्द्रीय समितिका लागि एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो ।
बैठक वैशाख २६ गतेका पार्टी केन्द्रीय कार्यालयमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटी बैठकमा पार्टीका आन्तरिक गतिविधि, उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । यस्तै, बैठकमा दुई महिने ग्रासरुट अभियानको समीक्षा समेत हुने नेताहरूले बताएका छन् ।
सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्