२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कोशी प्रदेश नामाकरणको विरोध गर्दै काठमाडौंमा उभौली पर्व


1.144k
Shares

काठमाडौं । कोशी प्रदेश नामाकरणको बिरोध गर्दै उभौली पर्व मनाइएको छ ।

किराँत समुदायले मनाउने उभौली पर्व शुक्रबार देशभरका किराँत समुदायले मनाएका छन् ।

प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व देशभरका किराँत समुदायले प्रकृति र भुमि पूजा गरेर मनाएका हुन् । यद्यपी यस वर्षभने पर्व मनाए सँगसँगै किराँत समुदायले कोशी प्रदेश नामाकरण गरेकोमा विरोध पनि जनाएको छ ।

काठमाडौंको बानेश्वरमा भेला भएका किराँती समुदायले सांस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजाहरुसहित प्रदेश नामाकरणको विरोध गरेको हुन् । सबैले आफ्नो सांस्कृतिक पोशाकसहित ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्डपनि प्रदर्शन गरेका थिए ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै किराँत राई याक्खाका अध्यक्ष जीवन राईले राज्यले आफूहरुको चाड र सांस्कृतिक पहिचानलाई बहिष्करणमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उँभौली पर्व मनाइएको बताउनुभयो । उहाँले संघीयताको मर्म विपरित कोशी प्रदेश नामाकरण गरिएको भन्दै त्यसमा आफूहरु विगत दुई महिनादेखि आन्दोलित भएका कारण खुशीसाथ उँभौली पर्व मान्न नसकेको बताउनुभयो ।

कोशी प्रदेशको नाम परिवर्तन गरी प्राचिन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा पुनः नामाकरण गर्न उहाँले माग गर्नुभयो ।