१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भ्रष्टाचारीलाई कानूनअनुसार कारबाही हुन्छः प्रधानमन्त्री दाहाल


130
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भ्रष्टाचारबिरुद्ध सरकारको अभियान नरोकिने स्पष्ट पार्नुभयो ।

उहाँले भ्रष्टाचारबिरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने भन्दै दोषी नछुटाउने र निर्दोषी नफस्ने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रधानमन्त्री दाहालले आफू दबाबमा नपरीकन काम गर्ने बताउनुभयो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताउनुभएको थियो ।

रायमाझीलाई जोगाउन लागेको भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको स्पष्टीकरण दिनुभयो ।