८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्छु : गृहमन्त्री श्रेष्ठ


156
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताउनुभएको छ ।

काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुग्नुभएका उहाँले त्यसलाई निरन्तरता दिन र अझ उचाईमा पुर्‍याउने काममा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट गराउने बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मासात गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने बताउनुभयो ।