
काठमाडाैं । बिराटनगरबाट अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक बिनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका रहेका छन् । विनोद मुरारका बिराटनगरको केएल दुगर समूहका लेखापाल हुन् ।
प्रहरीले सून र नगदसहित भारत तर्फ जादै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । बरामत सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले उनीहरु बारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्