११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक


234
Shares

एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । उहाँलाई आर्चबिशपले भव्य समारोहबीच ताज लगाइदिनुभएको हो । यो ३६० वर्ष पुरानो ताज २२ क्यारेट सुनले बनेको छ ।

यो ३० सेन्टिमिटर लामो छ । यसको वजन लगभग दुई किलो २३० ग्राम छ । यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको राज्याभिषेकमा लगाउनुभएको थियो ।

विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनबाट विरलै बाहिर आएको छ । राजा चाल््र्सप्रति निष्ठा व्यक्त गर्दै आर्च बिशप सम्मानमा झुक्नुभएको थियो । आर्च शपले राजा चाल्सलाई शपथ समेत दिलाउनुभएको थियो । शपथसँगै राजा चालर्््सले आफ्नी आमाले गरेको निःस्वार्थ सेवाका उदाहरण अनुशरण गर्ने बताउनुभयो ।

सो समारोहमा रानी कन्सोर्ट क्यामिलालाई पनि ताज लगाइएको छ । तर, उहाँलाई सपथ लिन भने भनिएन । उहाँलाई रानी मेरीको ताज लगाइयो । राजा चार्ल्सको राज्याभिषेकका लागि करिब २ हजार मानिसलाई आमन्त्रण गरिएको छ ।

राज्याभिषेक समारोहमा वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुति देखाइएको थियो । पत्नी रानी कमिलाका साथ चाल्र्स बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो ।

राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए । वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोह चलेको छ । समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू छन् र बाइबलको एक अंश वाचन गर्ने प्रधानमन्त्री ऋषि सुनक हिन्दू हुनुहुन्छ ।