१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनुषामा पोखरीमा डुबेरमा दुई बालकको मृत्यु


559
Shares

काठमाडौं । धनुषामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् ।

उनीहरुको शनिबार साँझ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउन गएका डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकहरु पोखरीमा डुबेको खबर पाएलगत्तै प्रहरी टोली पुगेर दुवैलाई पोखरीबाट निकालेर उपचारका लागि अस्पताल लगेकोमा अस्तालमै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।