
एजेन्सी । बेलायतमा राजा चार्ल्स तृतीयको शनिबार राज्याभिषेक समारोह चलिरहेकाे थियाे ।
तर साेही क्रममा राजतन्त्रकाे विरूद्धमा प्रदर्शन गर्ने बिराेधी समूहका नेतासहित ५० जना भन्दा बढी पक्राउ परेका हुन् । लण्डनको ट्राफलगर स्क्वार लगायतका शहरमा भेला भएर राजसंस्था विरुद्ध नारा लगाउँदै प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
राजतन्त्र बिरोधी अभियानका ग्राहम स्मिथसहित ५० जना बढीलाई पक्राउ गरेको प्रदर्शनकारीहरुले बताएका छन् । प्रदर्शनकारीहरुले ‘नट माई किङ’ लेखेको टिसर्ट लगाउनुका साथै प्लेकार्ड प्रदर्शन गरेका थिए । पक्राउ परेकाहरुमाथि बेलायती कानून अनुसार सार्वजनिक ब्यवस्था उल्लंघन तथा शान्ति भंगको आरोपमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
बेलायतका मानव अधिकारवादी समूहहरुले भने प्रदर्शनकारीहरु पक्राउ गरिएकोप्रति खेद प्रकट गरेका छन् । राजा तृतीयको शनिबार राज्याभिषेक समाराेह भब्य रुपमा सम्पन्न भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्