२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति पौडेलले आज कानूनविदहरुसँग छलफल गर्दै


325
Shares


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता बिधेयकका सम्बन्धमा आईतबार कानूनविदहरुसँग छलफल गर्ने हुनुभएको छ ।
पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसद्का दुबै सदन(राष्ट्रिय र प्रतिनिधि सभा) पास भएर प्रमाणीकरणका लागि पठाइएको सो विधेयक प्रमाणीकरण गर्नुभएको थिएन ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भनेर राष्ट्रपति पौडेलले आज दिउसो कानूनविद्हरूसंग छलफल गर्न लाग्नु भएको हो । सत्ता गठबन्धमा रहेका दलका शीर्ष नेताहरुको शनिवार बसेको बैठकले तत्कालीन राष्ट्रपति भण्डारीले रोकेको नागरिकता विधेयकलाई नै प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गर्ने निर्णय गरेको थियो ।