१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार पछि हट्न हुँदैन: अध्यक्ष नेपाल


104
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताउनुभएकाे छ ।

आइतबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले नडराइकन कारबाही अघि बढाउनुपर्ने उहाँले बताउनुभएकाे हाे।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी समेत मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग लगातार दुई दिन भेटवार्ता गर्नुभएकाे थियाे ।