१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणगढ–मुग्लिन सडकखण्ड : पहाड फुटाउने काम कात्तिकपछि मात्रै


1.105k
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतको तुइनखोलासँगैको पहाड फुटाउने काम कात्तिकपछि मात्रै हुने भएको छ ।

वर्षा सुरू भइसकेकाले अहिले चट्टान विस्फोट गर्न प्राविधिक रूपमा नसकिने भएकाले अब छ महिनापछि मात्रै विस्फोट गरिने भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

पहाड विस्फोट गर्न बारुदको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडक आयोजनाको तुइनखोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको हो ।

पुलसँगै रहेको पहाड काट्न विस्फोट नै गर्नुपर्ने हुन्छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनामा अहिले १५ वटा पुल निर्माणको काम भइरहेको छ । त्यसमध्ये ११ वटा पुलको निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा छ भने तुइनखोला, चिसेन्जी, काली, सिमलताल र नाम्चेखोलामाथिका पुल निर्माणको क्रममा रहेको आयोजनाले जनाएको छ ।