१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ठूला भ्रष्टाचारका फाइल खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने :अध्यक्ष लिङदेन


611
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका फाइल खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताउनुभएको छ ।

आईतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकता प्रथम महाधिवेशनमा अध्यक्ष लिङदेनले राजनीतिक स्वार्थ नराखी नक्कली शरणार्थी प्रकरणका आरोपीलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताउनुभएको हो ।

उहाँले वाइडबडी काण्ड, ललिता निवास, एनसेल र क्यान्टोनमेन्ट घोटालाकाण्ड लगायतका ठूला भ्रष्टाचारको फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

अध्यक्ष लिङदेनले देश आर्थिक रुपमा टाट पल्टने अवस्थामा रहेको भएपनि सरकारले अर्थतन्त्र सुधारका कुनैपनि कदम नचालेको जिकिर गर्नुभयो ।

सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा रहेको टिप्पणी गर्दै उहाँले सरकारको आगामी यात्रा स्पष्ट नभएको बताउनुभयो ।