
काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिकाे टुंगाे लगाउन साेमबार संवैधानिक परिषदकाे बैठक बस्ने भएकाे छ ।
बैठक साेमबार साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो । साेमबारको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने जनाइएकाे छ । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आइरहेको छ ।
गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको थियो । दुई नेताबीच प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सहमतिपछि परिषदकाे बैठक सोमबार बोलाउने सहमति भएको थियो ।
सोही सहमति अनुसार शनिबार नै परिषद बैठकका लागि सदस्यहरूलाई पत्राचार गरिएको थियो । लामो समयदेखि प्रधानन्यायाधीश हरिकृष्ण कार्की कामुको रूपमा रहनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्