१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुरकाे त्रियुगा नगरपालिकाबाट श्रम स्वीकृति दिन सुरू


247
Shares

खेमराज दाहाल

उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिकाले वैदेशिक रोजगारीमा जानेको श्रम स्वीकृति दिन सुरु गरेको छ।

सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएकाे हाे । त्यससँगै नगरपालिकाले साउदी अरेबिया जान लागेका चिरञ्जीवी पोखरेललाई श्रम स्वीकृति प्रदान गरि सेवा सुरु गरेको हो । सरकारले यही वैशाख ३ देखि संघ र प्रदेशमा रहेको सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्याएको थियो । अनुमति पाएको २१ दिनमा श्रम स्वीकृति प्रदान गरेको रोजगार सेवा केन्द्रका संयोजक निशा घलेले बताउनुभयाे

स्थानीय तहबाट श्रम स्वीकृति वितरण भएपछि आफ्नो पालिकाबाट कुन ठाउँमा के कामको लागि नागरिक वैदेशिक रोजगारीमा गएका छन् । त्यसकाे सम्पूर्ण तथ्यांक रहने भएकोले उनीहरुलाई नेपाल फर्किएपछि सिप अनुसारको रोजगारी सिर्जना गरी रोजगार दिन सकिने भएको हुँदा यो सेवा नगरपालिकाको लागि अत्तिनै फलदायी हुने नगरप्रमुख वसन्त बस्नेतले बताउनुभयाे ।

पालिकाबाट श्रम स्वीकृति वितरणको सेवा सुचारु भएसँगै वैदेशिक रोजगारमा जानेहरुमा वैदेशिक रोजगारीको बारेमा चेतना गाउँस्तरमा पुग्ने भएकाले वैदेशिक रोजगार ठगी कम हुने अपेक्षा गरिएको उपमेयर महेश्वरी राईले बताउनुभयाे। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने निर्णय गरेको थियो । यस अघि काठमाडौंबाट मात्र हुँदै आएको श्रम स्वीकृति दुई वर्ष अघि मात्र प्रदेशस्तरमा लगिएको थियो ।

हाल नगर वा गाउँपालिका अन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत अनलाइन आवेदन दिन सकिने र श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएकाे छ । जसका कारण हजारौं खर्च गरेर श्रम स्वीकृति लिन प्रदेशका श्रम तथा रोजगार कार्यालय जानुपर्ने बाध्यताकाे अन्त्य भएकाे छ ।