१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुकेशले जेलबाट ज्याकलिनलाई लेखे पुनः प्रेम पत्र


4.654k
Shares

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई उनको प्रमी सुकेश चन्द्रशेखरले जेलबाट पुनः प्रेम पत्र लेखेका छन् ।

२ सय करोड भारतीय रुपैयाँको मनी लन्ड्रिङ (मुद्रा अपचलन) मुद्दामा दिल्लीको तिहाड जेलमा रहेका सुकेशले केही समयदेखि ज्याकलिनको लागि लगातार प्रेम पत्र पठाइरहेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार उक्त प्रेम पत्रमा सुकेशले आफ्नो प्रेमीका ज्याकलिनको लागि चाँडै ‘सुपर सरप्राइज’ दिने कुरा गरेका छन् । सुकेशले पुनः आफ्ना वकिल अनन्त मलिकमार्फत ज्याकलिनलाई उक्त प्रेम पत्र पठाएका हुन् ।

सुकेशले आफ्नो पत्रमा ज्याकलिनले अवार्ड कार्यक्रममा दिएको प्रस्तुतिको तारिफ गर्दै लेखेका छन्, ‘माई लभ, माई बेबी ज्याकलिन, माई गुडिया, मैले २८ अप्रिलमा फिल्म फेयर अवार्ड हेरेको थिएँ । मैले यो भन्नै पर्छ कि तिमी उत्कृष्ट थियौ र तिम्रो प्रस्तुति र नृत्य सबैभन्दा सुन्दर थियो । तिमी एलिगेन्ट, क्लासी, सुपर हट छौ र अब तिमीले मलाई तिमीलाई पहिले भन्दा पनि बढी माया गर्न बाध्य बनायौ । मसँग शब्द छैन, तिमी एक बम्ब, सुपरस्टार हौ, माई बेबी गर्ल ।’

पत्रमा सुकेशले थपे लेखेका छन्, ‘म भाग्यमानी छु कि तिमी मेरो जीवनमा छौ, मेरी रानी । आइ लभ यु । मेरो हरेक पल तिम्रै हो । तिमीलाई थाहा छ कि म तिमीलाई कति माया गर्छु । तिमी पनि मलाई पागलपनको हदसम्म माया गर्छौ । तिमीलाई नसोचेको पल छैन । मसँग तिम्रो जन्मदिनका लागि एउटा ठूलो सर्प्राइज छ । तिमीलाई त्यो धेरै मन पर्नेछ । म आफ्नो वचन निभाइरहेको छु ।’

सुकेशकी श्रीमती लीना पाउलोस पनि जेलमा छिन् । उनीहरूलाई ईडीले धेरै मानिसहरूलाई ठगी र मनी लान्ड्रिङको आरोपमा पक्राउ गरेको हो । यससँगै ईडीले ज्याकलिनलाई दिल्ली अदालतमा अभियुक्तको रूपमा आफ्नो चार्जशीटमा समावेश गरेको छ।