१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्व सांसद ढाकाको रिटमा आज सुनुवाइ हुँदै


273
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले दायर रिटको सुनुवाई आज हुँदैछ ।

श्रेष्ठले पार्टीले आफूमाथि गत चैत २४ गते गरेको कारबाही गैरकानूनी भएको भन्दै सर्वाेच्चमा रिट दायर गर्नुभएको थियो । श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न पार्टीलाई दुई करोड बुझाउनु पर्ने भन्दै त्यसका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग आर्थिक बार्गेनिङ गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि रास्वपाले सांसद पदबाट श्रेष्ठलाई हटाएको थियो ।

त्यसको जानकारी रास्वपाले संसद सचिवालयमा दिएको थियो । रास्वपाको सिफारिस अनुसार श्रेष्ठको पद रिक्त भएको सूचना संसद् सचिवालयले जारी गरिसकेको छ । तर, पार्टीको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै श्रेष्ठ अदालत जानुभएको हो । श्रेष्ठको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हुँदै छ ।