२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री चौधरी


273
Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ ।

सोमाबार दाङको टरिगाउँ विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लुम्बिनीमा सत्तारुढ दलसँग भागवण्डा मिलेको बताउनुभयो ।

चौधरी गत बैशाख १२ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यस्तै, नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी पनि मन्त्रीमा नियुक्त हुनुभएको छ । तर, उहाँहरुले अहिलेसम्म मन्त्रलायको जिम्मेवारी पाउनु भएको छैन ।

वर्तमान सरकारलाई ८ राजनीतिक दल र स्वतन्त्र एक जना सांसदको समर्थन रहेको छ ।