
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीको परीक्षाको बेला आएको बताउनुभयो । सो प्रकरणमा आफूहरुको पूरा साथ, सहयोग रहने उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्