८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


फिल्म ‘सिर्फ एक बन्दा काफी है’ को ट्रेलर सार्वजनिक


247
Shares

एजेन्सी । भारतीय अभिनेता मनोज बाजपेयी अभिनित फिल्म ‘सिर्फ एक बन्द काफी है’ को ट्रेलर सार्वजनिक भएको छ ।

सत्य घटनामा आधारित यस फिल्ममा मनोज एक वकिलको भूमिकामा छन् जसले एक नाबालिग बालिकाको बलात्कारविरुद्ध लड्ने छन् ।

२ मिनेट २ सेकेन्ड लामाे ट्रेलरमा मनोज धर्मको नाममा नाबालिगलाई यौन दुर्व्यवहार गर्ने ढोंगी बाबासँग अदालतमा लडाई लडिरहेका छन् ।

यस फिल्मलाई अपूर्व सिंह कार्कीले निर्देशन गरेका हुन् । दीपक किङ्रानीले लेखेका फिल्मलाई विनोद भानुशाली, कमलेश भानुशाली, आसिफ शेख र विशाल गुरनानीले निर्माण गरेका हुन् ।

जुही पारेख मेहता फिल्मका सहनिर्माता हुन् । फिल्म २३ मे २०२३ मा रिलिज हुने भएको छ ।