१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राष्ट्रिय सभा बैठक : कसले के बोले ?


234
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रुपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणलाई जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने बताउनुभएका हो ।

भूटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छवि नराम्रो बनाएको बताउनु हुँदै सदस्य देवकोटाले प्रकरणबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले जनतालाई यस घटनाबारे सत्यतथ्य बुझाउनुपर्ने बताउनुभयो ।

यस्तै, राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग गर्नुभयो । उहाँले लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको उल्लेख गर्नुभयो । उहाँले क्यान्टनमेण्टको काण्डलाई न्यायसंगत रुपमा छानबिन गर्न आग्रह गर्नुभयो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरुको सम्पती छानबिन गर्न माग गर्नुभयो । उहाँले भ्रष्टाचारबिरुद्ध कडा एक्शन सुरू गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलब बाहेकका सबै सुविधा कटौति गर्न माग गर्नुभयो ।